काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्सकोे ३०औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।
कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।
Comment