हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने



काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्सकोे ३०औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार ०७:४२