टट् तालिम लिएकाबाट मात्रै कोपोमिस तालिम गराउन विभागकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

टट् तालिम लिएकाबाट मात्रै कोपोमिस तालिम गराउन विभागकाे निर्देशन



काठमाडौं । सहकारी विभागले सहकारी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (टट्) लिएकाबाट मात्रै तालिम गराउन सहकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले बिहीबार सूचना जारी गरी सहकारीको नियामक निकाय, सहकारी संघ, बैंक र संस्थाले कोपोमीस सम्बन्धी तालिम संचालन गर्दा कतिपय संघ र संस्थाले लाइभ सिस्टममा नै तालिम संचालन गर्ने गरेकोले केन्द्रिय तथ्याङ्कमा असर पर्ने भएकोले सो नगर्न र नगराउन निर्देशन दिएको हो ।

विभागले कार्यान्वयन भईरहेको कोपोमिसमा सहकारी संघसंस्थाको आवद्धता न्यून रहेको उल्लेख गर्दै विभिन्न निकायले सहकारी संघ र संस्थाहरुलाई कोपोमीस प्रणालीमा आवद्ध गराई अभिलेख प्रविष्टी गराउन सहकारी संघसंस्थाका कर्मचारीहरुलाई कोपोमिस क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने देखिएकाे जनाएकाे छ ।

विभागले तालिम संचालनको लागी ट्रेनिङ डेमो फर्म भरी विभागबाट डेमो यूजर नेम र पासवर्ड लिई Training.copomis.gov.np लिङ्कमा गई मात्र तालिम संचालन गर्न सुचनामा भनेकाे छ ।’ विभागका उपरजिष्ट्रार टेकराज अर्यालले जारी गरेको सूचनामा कोपोमिसमा सहकारी संघ संस्थाले विवरण प्रविष्टी गर्दा प्रमाणित विवरण मात्र प्रविष्टि गर्न र त्यस्तो नगरेको पाइएमा कानुन बमोजिम कारवाही हुने उल्लेख छ ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार १७:३६