विन नेपाल लघुवित्तकाे वार्षिक साधारण सभा फागुन २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विन नेपाल लघुवित्तकाे वार्षिक साधारण सभा फागुन २९ गते



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन २९ गते डाकेको छ। सभा होटल उग्रचण्डी, बनेपामा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ, फागुन ३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार ११:२४