महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न समेत गरिसकेको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे । विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

प्रकाशित : २४ माघ २०८०, बुधबार १३:४३