सहकारी मार्फतको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी मार्फतको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै



भक्तपुर २ चैत। बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबद्र्धन उपसमितिको आयोजनामा चमेली कल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.दधिकोट, विरुवाद्धारा सचालित लघुवित्त कार्यक्रमको बारेमा स्थलगत अध्ययन अवलोकन गरियो ।

संघका कोषाध्यक्ष कृष्ण गोविन्द लाखाजुको नेतृत्वमा आवद्ध सदस्य संस्थाहरुमध्ये २२ वटा संस्थाका प्रतिनिधीको उपस्थितिमा भएको उक्त कार्यक्रममा लघुवित्त समुहद्धारा संचालन गरेको बैठकको स्थलगत अध्ययन अवलोकन गरियो । संघका कोषाध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले हरेक बर्ष लघुवित्त अभिमुखिकरण कार्यक्रम गर्दै आएकोमा यस बर्ष लघुवित्तका सैद्धान्तिक कुरामात्र नदिई व्यवहारमा कसरी लागु भइरहेको छ । सोको जानकारी दिने उद्देश्यले उक्त भ्रमण कार्यक्रम गरिएको कुरा बताए । ।

चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जनार्दन न्यौपानेले स्वागत मन्तव्य राख्दै लघुवित्त कार्यक्रमले विपन्न वर्गमा सहकारीको पहुंच पु¥याउन, सहकारीको सदस्य वृद्धि गर्न, ऋण भाखा नाध्नबाट बचाउन, असल सदस्य प्राप्तिका लागि सहयोग गरेको विचार राखे । संस्थाका सचिव प्रल्हाद धिमिरेले संस्थाको सक्षिप्त परिचाय राख्दै लघुवित्त कार्यक्रममा ८०० जना सदस्य रहेको जसमा ५ जनाको १ समुह गरी १६० समुह, ६ समुहको १ केन्द्र गरी ३२ वटा लघुवित्त केन्द्र संचालनमा रहेको बताए

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको समन्वयमा संचालित लघुवित्त कार्यक्रम संचालन गर्ने सदस्य संस्थाहरुमध्ये चमेलीकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रम सफल रहेको र आज उक्त कार्यक्रम जिल्लाको लागि नमुना बनेको कुरा बताउनुभयो । संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले छलफलमा उठेका जिज्ञासाहरुको सहजीकरण गरेका थिए ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ०५:४२