एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।

माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्तापूँजी पाँच अर्ब पुर्याउन बोनस सेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

प्रकाशित : २१ माघ २०८०, आईतवार १३:२८