दोर्दी खोलाकाे हकप्रद सेयर निष्काशनकाे बिक्री प्रबन्धकमा सानिमा क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दोर्दी खोलाकाे हकप्रद सेयर निष्काशनकाे बिक्री प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनमा सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले १: १ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

जस अनुसार दोर्दी खोलाले एक करोड पाँच लाख ४२ हजार छ सय चार कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुंजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार चार सय रुपैयाँ रहेको छ ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।

प्रकाशित : २१ माघ २०८०, आईतवार १२:०४