सूर्योदय वोमी लघुवित्तले १४.०७७ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्योदय वोमी लघुवित्तले १४.०७७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंठकले १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

साविकका सूर्योदय र वोमी लघुवित्त मर्जरमा भएर सूर्योदय वोमी लघुवित्त बनेका हुनाले कम्पनीले दुई वर्षसम्म कर छुट पाउने व्यवस्था अनुसार कर तिर्न छुट्टै व्यवस्था भने गरिएको छैन । कम्पनी ४६ हजार सात सय २९ कित्ता एफपिओ जारी गर्ने प्रक्रियामा पनि रहेको छ ।

प्रकाशित : २१ माघ २०८०, आईतवार १०:५९