बिन्ध्याबासिनी हाइड्रोपावरकाे नाफा २८.१२ प्रतिशतले घट्याे, विद्युत बिक्रीबाट हुने आम्दानी भने वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिन्ध्याबासिनी हाइड्रोपावरकाे नाफा २८.१२ प्रतिशतले घट्याे, विद्युत बिक्रीबाट हुने आम्दानी भने वृद्धि



काठमाडौं । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत बर्षको तुलनामा घटेको छ ।

यस अवधिमा कम्पनीले आठ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा २८.१२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ११ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पुससम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ सञ्चालन नाफा घट्न पुगेको छ । पुससम्म यसले २४ करोड ७३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष १६ करोड १६ लाख रुपैयाँ थियो । यसको सञ्चालन नाफा भने १८ करोड २१ लख रुपैयाँबाट घटेर १५ करोड ८८ लाख रुपैयाँमा झरेको छ ।

यसको वित्तीय खर्च पनि छ करोड ९४ लाखबाट बढेर सात करोड आठ लाख रुपैयाँ पुगेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ रहेको छ । पुससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३७ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ ८४ पैसा छ ।

प्रकाशित : १८ माघ २०८०, बिहीबार ११:०३