सानिमा रिलायन्स लाइफको अध्यक्षमा रतन लाल केडिया, ग्रहण गरे सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाइफको अध्यक्षमा रतन लाल केडिया, ग्रहण गरे सपथ



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा रतन लाल केडिया चयन भएका छन्। कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरुमध्येबाट अध्यक्षमा रतन लाल केडिया लाई चयन गरेको हो ।

साधारणसभाले रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्कालाई संचालक चयन गरेको थियो ।

अध्यक्ष रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गरी अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार १२:०९