श्वेत गंगा हाइड्रोपावरको संस्थागत लगानीको लकइन अवधि सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

श्वेत गंगा हाइड्रोपावरको संस्थागत लगानीको लकइन अवधि सकिँदै



काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थागत लगानीको लकइन अवधि फागुन २ गते समाप्त हुने भएको छ । कम्पनीको ३६ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीको रुपमा रहेका विदेशी लगानीकर्ताको रुपमा रहेको डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।

प्राइभेट इक्वीटि, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्वमा रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात बिक्री गर्न सक्ने व्यवस्था अनुसार कम्पनीको संस्थापक शेयरधनी डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको शेयरको लकइन अवधि खुल्न लागेको हो ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ’’धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति सेयर १०० रुपैयाँ दरका ३८ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने छ ।’

प्रकाशित : १५ माघ २०८०, सोमबार ११:४६