सिटिजन लाइफ इन्स्योरेन्समा २२ ठुला सेयरधनी, धेरै स्वामित्व रहेको कान्तिपुर पब्लिकेशनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्समा २२ ठुला सेयरधनी, धेरै स्वामित्व रहेको कान्तिपुर पब्लिकेशनकाे कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २२ व्यक्ति तथा संस्थाको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । कम्पनीमा सबैभन्दा धेरै कान्तिपुर पब्लिकेशन र सुमित कुमार अग्रवालको सेयर स्वामित्व रहेको छ ।

कान्तिपुर र अग्रवालकोे समान ७.४३ प्रतिशत अर्थात १९ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ । अग्रवाल हाल कम्पनीको निर्देशक हुन् ।

यस्तै, कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेको भने ५.२४ प्रतिशत अर्थात सेयर संख्या १३ लाख ७५ हजार कित्ता छ । त्यस्तै विकास जेवी राणा, सुष्मा राणा र यति वेल्र्ड इन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत सेयर स्वामित्व छ । यी तीनै जना लगानीकर्तासंग कम्पनीको १३ लाख ५० हजार कित्ता सेयर छ ।

यसैगरी एअर डाइनास्टिको ३.०६ प्रतिशत,ज्योति प्रकाश पाण्डे,ललिता अग्रवाल र उर्मिला पाण्डेको २.२९ प्रतिशत र राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत सेयर स्वामित्व छ ।

उनको कम्पनीमा ७ लाख ५० हजार कित्ता सेयर रहेको छ । कम्पनीमा विकास जेवी राणा, सुष्मा राणा र यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिको समान ५.१४ प्रतिशत सेयर स्वामित्व छ । एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, कम्पनीमा ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल, उर्मिला पाण्ड र राजेन्द्र प्रसाद श्रेष्ठको पनि समान अर्थात् २.२९ प्रतिशत सेयर स्वामित्व छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार १५:३०