गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ ।

गरिमा ‘गरिमा फाइभ इन वान’ बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००र– मा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेब बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट , शेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर सुबिधामा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ। । बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको जनाएको छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार ११:२०