माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त सेयरमा आवेदन दिने आज (माघ २ गते) अन्तिम मौका रहेको छ । सेयर खरिद गर्ने चाहने इच्छुकले आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गरिएको हो । उक्त सेयरको बिक्री मूल्य न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १२:४९