ग्रीनलाइफ हाइड्रोपावरकाे लकइन पिरियड कहिले सकिदैछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्रीनलाइफ हाइड्रोपावरकाे लकइन पिरियड कहिले सकिदैछ ?



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि फागुन ६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

यद्यपी, संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर बिक्री गर्न नपाउने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको एक करोड ४४ लाख कित्ता संस्थापक सेयर, एक लाख तीन हजार ६०० कित्ता स्थानीयको सेयर र ६९ हजार ९२८ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई २०७७ फागुन ७ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार ११:२८