सिन्धु विकास बैंकका सेयरधनीको हात खाली, यो वर्ष पनि बैंकले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंकका सेयरधनीको हात खाली, यो वर्ष पनि बैंकले लाभांश नदिने



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । सिन्धुको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । गत बर्ष पनि बैंकले लाभांश दिएको थिएन् ।

प्रकाशित : २ माघ २०८०, मंगलवार ११:०७