साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको सानाकिसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गतअसार २४ गते मर्ज भएका थिए ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १७:३३