१५ प्रतिशत लाभांस पारित गर्दै साना किसान विकास लघुवित्तको २२ औँ साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१५ प्रतिशत लाभांस पारित गर्दै साना किसान विकास लघुवित्तको २२ औँ साधारण सभा सम्पन्न



काठमाडौं । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशतलाभांस वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसंगै १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्तापुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ को १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख ५५ हजार ५९४ रुपैंया बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश दुई करोड ४९लाख ८७ हजार १३६ गरी जम्मा चुक्तापुँजीको १५ प्रतिशतले हुने रकम ४९करोड ९७ लाख ४२ हजार ७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।

बोनस सेयर पारित भएसंगै लघुवित्तको कुल चुक्ता सेयर रकम तीन अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९८ पुगेको छ । देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार छ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवापुगेको छ । दलित ११ प्रतिशत, जनजाती ३९ प्रतिशत र अन्यको ५० प्रतिशत रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । आवद्ध सहकारी संस्थाहरूले छ करोड ५८ लाख ७६ हजार पाँच सय ८५ हजार बराबरीको आन्तरिक पुँजीनिर्माण गरी परिचालन गरेका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमागाभिएर मिति २०८० असार २४ गतेबाट कारोवार सञ्चालन भए पश्चात यस वित्तीय संस्थाको चुक्तापुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँ पुगेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खेम बहादुर पाठकले सानाकिसान लुघवित्त मार्फत सञ्चालन भएका कार्यक्रम मार्फत ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताए । उनले आर्थिक सामाजिक र सचेतनाको रुपान्तरणमा सानाकिसान सदैव अग्र भागमा रहेर काम गरिरहेको भन्दै सरकार र सरोकारवाला निकायहरुसंगको सहकार्यलाई अझै बढाउँदै आर्थिक समृद्धिको बाटोमा आगडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पाठकले संस्थामार्फत प्रवाह हुने सेवालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने बताए । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले अर्थतन्त्र सुधारका लागि सानाकिसानहरुको ठूलो योगदान रहने बताए ।

उनले आयत कम गर्न साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने तर्क गरे। प्रविधिको प्रयोगमार्फत सानाकिसानहरुको आयआर्जन बढाउँदै युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षण गर्न सके मात्र देशको अर्थतन्त्र सुधार हुने उनको धारणा थियो ।

आर्थिक उपार्जन मात्र नभएर सचेतनाको विकासमा पनि साना किसानहरुको योगदान स्मरणीय रहेको भन्दै उनले आगमी दिनमा किसानहरुको हितका लागि संस्थाले विभिन्न सहुलियतपूर्ण प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास समेत दिलाए । कार्यक्रममा देशभरबाट करिव ५ सय भन्दा बढि सानाकिसान, शेयर सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १७:२१