गण्डकी प्रदेशबाट मात्र ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गण्डकी प्रदेशबाट मात्र ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह



काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको पनि केन्द्रीय बैंकले बताएको छ ।

बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कुल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा परिचालित कुल ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँकर्जा मध्ये कृषि क्षेत्रमा ३१ अर्ब ४५ करोड रुपैयाँ, औद्योगिक क्षेत्रमा ३७ अर्ब ४८ करोड रुपैयाँ, सेवा क्षेत्रमा १ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) खर्ब ७१ अर्ब ८४ करोड रुपैयाँ प्रवाह भएको छ ।

त्यसैगरी, २०८० असार मसान्तमा निक्षेपकर्ताहरुको संख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ३९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेपकर्ताको संख्या चाहिं २१.१ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल २५ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल ३० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

उक्त प्रदेशमा प्रवाहित कुल कर्जाको ४२।५ प्रतिशत कास्की जिल्लामा प्रवाह छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०।२ प्रतिशत मात्र प्रवाह छ ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १२:४६