यी हुन् कामना सेवा विकास बैंकका २५ ठूला सेयरधनी, कसको स्वामित्व कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन् कामना सेवा विकास बैंकका २५ ठूला सेयरधनी, कसको स्वामित्व कति ?



काठमाडौं । कामना सेवा विकास बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ। बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व तुलासा पाण्डेको रहेको पाईएको छ । बैंकमा उनको २.४३ प्रतिशत अर्थात ७ लाख ९८ हजार ४०६ कित्ता सेयर लगानी रहेको छ।

त्यस्तै सिता आचार्यको १.७६ प्रतिशत अर्थात ५ लाख ७६ हजार ८५७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी श्री राम पाण्डेको १.३९ प्रतिशत अर्थात ४ लाख ५४ हजार ५३८ कित्ता सेयर, सीताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ०८४ कित्ता सेयर, मदन खनालको १.०८ प्रतिशत अर्थात ३ लाख ५५ हजार ७५१ कित्ता सेयर र कमल राज उदयको १.०२ प्रतिशत अर्थात ३ लाख ३६ हजार ५ कित्ता सेयर रहेको छ ।

राम प्रसाद पोखरेलको ०.९५, हाथवे इन्भेष्टमेन्ट ०.९४, रवि बहादुर थापाको ०.९३, चक्रपानि बास्तोला ०.८२, भिम प्रसाद तुलाचन ०.८२, देवान सिंह थापा ०.८०, बाबुराम पन्त ०.७९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै भिम राज अधिकारीको ०.७६, प्रकाश श्रत्री ०.७४, गणेश बहादुर श्रेष्ठ ०.७३, ओमकार गौचन ०.७२, जनार्दन देव पन्त ०.६९, राम कुमार अमात्य ०.६६, भरत राज कोइराला ०.६१, गौ माता इन्भेष्टमेन्ट कम्पनी ०.५६, दीपक खरेल ०.५४ राजेन्द्रनिधी कोइराला ०.५४, क्यालिबर इन्भेष्टमेन्ट कम्पनी ०.५२ र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १४:१९