मधेश प्रदेशमा वित्तीय पहुँच बढ्दै : निक्षेप १३.२५ र कर्जा प्रवाह ४.६८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मधेश प्रदेशमा वित्तीय पहुँच बढ्दै : निक्षेप १३.२५ र कर्जा प्रवाह ४.६८ प्रतिशतले वृद्धि



काठमाडौं । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार समिक्षा वर्षमा मधेश प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप गत आवको तुलनामा वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जुन गत समिक्षा अवधिको तुलनामा १३.२५ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधीमा यस्तो निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई २ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो ।

समीक्षा वर्षमा मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या १ हजार ७४५ रहेको छ । गत वर्षको सोही अवधीमा यस प्रदेशमा सञ्चालित कुल शाखा १ हजार ६०७ रहेको थियो ।

सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका ५७२, विकास बैंकका ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाहरूको १ हजार ५१ शाखाहरू रहेका छन । जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबै भन्दा बढी बारा जिल्लामा २५० शाखाहरू र सबै भन्दा कम रौतहट जिल्लामा १८० शाखाहरू रहेका छन्।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १७:४९