शिवशिखर सहकारीका बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिवशिखर सहकारीका बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न आग्रह



काठमाडौं । शिवशिखर बहुउद्देशीय सहकारी संस्थाको बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार एक सुचना जारी गरी उक्त सहकारी संस्थाका बचतकर्तालाई अनलाईनबाटै मागदावी पेश गर्न आग्रह गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकम समितिको वेवसाइट www.coopmc.gov,np मा गई ३५ दिनभित्र आवेदन मार्फत् प्रमाण दावी पेश गर्न समितीले आग्रह गरेकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ २५ गते शिवशिखर बहुउद्देशीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरेको थियो । सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समिति समक्ष लेखी आएको समीतिले जनाएको छ ।

प्रकाशित : 3 January, 2024 12:33 pm