तीन बीमा कम्पनीलाई प्राधिकरणले गर्‍यो कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन बीमा कम्पनीलाई प्राधिकरणले गर्‍यो कारबाही



काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले नगद जरिवाना सहित आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही गरेको हो।

तीन कम्पनीलाई प्रति कम्पनी नगद २/२ लाख रुपैयाँ जरिवाना गरिएको बीमा प्राधिकरणले जनाएको छ। स्थलगत निरिक्षणका क्रममा भेटिएको कैफिएतको प्राधिकरणले यी तीन कम्पनीलाई २ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो ।

प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएपछि उक्त बिषयमा जवाफ सोध्दा उचित उत्तर नआएको भन्दै प्राधिकरणले यी तीन कम्पनीलाई रु २ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार १६:११