बैंकमा पैसा थुप्रिएपछि १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकमा पैसा थुप्रिएपछि १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तान्ने भएको छ । ७ दिनका लागि आजै उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

साँवा र ब्याज भुक्तानी मिति पुस २४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार १२:५१