मञ्जुश्री फाईनान्सको सीईओमा तिमिल्सिना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मञ्जुश्री फाईनान्सको सीईओमा तिमिल्सिना नियुक्त



काठमाडौं । मञ्जुश्री फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको हो । सीईओ तिमिल्सिनाले पुस १६ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार ११:५६