बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(प्रोस्कून)को अवस्था कस्तो छ ?
भखैरै तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेका छौँ । पुसको महिनाबाट हामी अनुगमन र स्थरीकरण कोष लगाएतका कार्यक्रमलाई अगाडी बढाएका छौँ । अर्कोतर्फ यो महिना भित्र तालिम एउटा तालिम गर्दैछौँ । आर्थिक अवस्थाको कुरा गर्ने हो भने यो अघिल्लो महिनाको तुलनामा यो महिनाको ब्यालेन्सिट सकारात्मक नै छ ।
प्रोस्कूनमा समेटिएका संस्थाहरुको अवस्था कस्तो छ । सन्तोष मान्ने अवस्था छ ?
प्रोस्कूनको स्रोत साधान र समार्थयको हिसाबले काम गर्नुपर्ने हुन्छ । अनुगमनको काम हामीले भर्खरै मात्र सुरु गरेका हौँ । हामीले यो पहिलो बर्ष सदस्य शिक्षा कस्ता छन् भनेर खोज्नु भन्दा पहिला हाम्रो संघमा प्रतिनिधित्व गर्ने सञ्चालकको सस्था कस्तो छ भन्ने प्रश्न आउदा हामीसंग त्यसको उत्तर हुनुपर्छ भनेर काम गरेका छौँ । सञ्चालक समिति १७ र लेखासमिति ३ गर्दा २० वटा सस्थाबाट प्रतिनिधित्व गरेर आएका प्रतिनिधिहरु छन् । तिनीहरुको अनुगमन गछौँ ।
जोखिममा आधारित १० वटा गरेर कुल ३० वटाको अनुगमन गर्ने यो बर्षको लक्ष्य छ । अहिले संचालक समितिको नेतृत्व भएर आएको टीमले तीनवटा संघसस्थाको अनुगमन सम्पन्न भइसकेको छ । तीन वटाको पुसमहिना भित्र हुन्छ । अहिले सम्म हेरेका तीनवटा सहकारी हेर्दा हाम्रो नेतृत्वको सहकारीहरुमा पनि सुधार गनुपर्ने देखिन्छ । यसमा अनुगमन गर्ने संघहरुले पनि कतिपय विषयमा सुधार गनर्नुपर्ने देखिन्छ । हाम्रो नेतृत्वमा शुद्धिकरणका लागि र यसको व्यवस्थापनका लागि समग्र अभियानबाट हेर्दा सुधार धेरै गर्न बाँकी देखिन्छ ।
बाग्मती प्रदेश संघको हिसाबले काम गर्दा संघीय संघ पनि छ । यस संघहरुबाट सहयोग कत्तिको पाउनुभएको छ ?
संघहरु बीचको एक्यबद्धता र साझेदारीको क्रियाकलाप एकदमै न्यून छ । अहिले माथिल्लो संघबाट तल्लो संघमा र तल्लो संघबाट प्रारम्भिक सहकारी संस्थामम्म हाम्रो लागि संघ छ भनेर भरोसा गर्न सक्ने अवस्था छैन । जुन एक्यवद्धता नभएर नै यस्तो देखिएको हो जस्तो लाग्छ। एक्यवद्धता जाहेर गरेर लैजाने परिस्थितीका धेरै बाटाहरु छन् । तर माथिल्ला संघहरु आफ्नै ढंगले चलेको अवस्था छ । हामीपनि आफ्नै ढंगले चलिरहेका छौं । एकिकृत ढंगले हामी एकैठाउँमा छौं । तर माथिल्लो तहका केन्द्रिय संघ बोलेपछि प्रारम्भिक सहकारी संस्थासमेतले एउटै आवाज हो भनेर हामीले बुझाउन सकेका छैनौ । दुइपक्षीय तरिकाले हेर्दा हामीले के माग्यौ र के पाएनौ भन्ने कुरालाई हेर्नपर्छ । स्थापना भएको तीन बर्ष भइसक्दा पनि हामीले सहयोग मागेका छैनौं । यसरी गर्नुपर्यो भनेर माथिल्ला संघहरुले सहयोग गरेको अवस्था पनि छैन । तर हामीसंग पर्याप्त पुँजी नहुँदा आर्थिक योजना बनाउने बेला महासंघको फण्डिङमा आर्थिक योजनाहरु बनाएका थियौं । सानै भएपनि सहयोग पाएको हामीले विर्सनु हुँदैन् । त्यसपछि आ–आफ्नै ढंगले चलिरहेका छौं । सहयोग मागेका पनि छैनौ र पाएका पनि छैनौ । सम्बन्ध सुमधुर कायम गरेरै बसेका छौं।
संघ तेस्रो बर्षमा आइरहँदा एउटा मजबुत संघको रुपमा स्थापित गराउन सक्षम भएको छ भन्न खोज्नुभएको हो ?
बचत तथा ऋणको कारोबार गरेको हिसाबले फण्डिङ अन्त खोज्नु भन्दा पनि आफैंले जुटाउनु पर्छ भन्ने हो । तीन बर्षमा सबै चिजमा सक्षम त हुन सकिदैन् । अरु संघहरु बर्षौंसम्म कसले बैठकको व्यवस्था गर्देला ? कसले चिया खुवाउला ? भनेर आस गरेर बस्नुपर्ने स्थितीमा हामीले भने सुरुवाती दिनदेखि नै आस नगरी कमाइको केही हिस्सा खर्च गरेर लैजानुपर्छ भन्ने मोडलमा हामी गएका छौं । यसबाट भने हामी केहीं लचिलो छौं जस्तो लाग्छ । तर लचिलो हुनका लागि हामीसँग गतिलो मेनपावर, पोलिसी, श्रोत, साधन व्यवस्थापन गर्न सकेका छैनौं।
फाइनान्सियल रुपमा कारोबार गरेपनि तेस्रो बर्षमा आइपुग्दा पौने करोड जतिमात्र जगेडा कोष पुगेको छ । कम्तीमा यसलाई पनि माथिसम्म लैजान नसक्ने बेलासम्म संघ बाचिरहेकै छ आफ्नो हिसावले गति लिन्छ भन्ने बेला छैन। जतिपनि पैसा लिएका छौं मागेका बेला फिर्ता दिने गरी लिएका छौं । त्यसैले अहिले नै सबैमा सक्षम छौं भन्न मिल्दैन्। तर सानातिना क्रियाकलापका लागि कसैसंग आसा नगरिकन गर्न सक्ने भएका छौं । कुनै कार्यक्रमा सहभागिताका लागि जुट्दिनु भन्दा अभियानले विश्वास गर्ने अवस्थामा आइपुगेका छौं ।
संघहरु बचत ऋणको काम गर्छन, नयाँ केही गर्दैनन् । काम केही देखिएन भन्ने विगत देखि नैं आरोप लाग्दै आएको छ । यसलाई तपाईले कसरी लिनुभएको छ ?
हामीले सेवामुलक व्यवसाय गर्नुपर्ने हो । संघको काम फरक हुनुपर्ने थियो । यस विषयमा म आफैंलाई पनि महसुस भएको कुरा हो । त्यसो हुदाँहुदै पनि हामीले अन्त लगानी गरेर कारोबार गरिरहेकै छौं । कारोबार पनि नगरी नहुने नै रहेछ तर सबै यसैमा केन्द्रित भएर अलमलिएका भने अवश्य हौ । अर्को अभियान नै सामान्यीकरण हुँदै गयो । किनकी सबै मानिस ट्रेनर हुने, कसैसंग जिस्ट कोर्ष नै छैन् । आधिकारीक कसले बोलेको छुट्याउनै नसक्ने भइसक्यो । त्यसैले हामीले बाग्मती प्रोस्कुनलाई स्रोतका रुपमा स्थापित गराउनुपर्छ भनेर लक्ष्य राखेको छौं । यो भनिरहदा बिना स्रोत, सामाग्री ट्रेनिङ आयोजना नगर्ने सोचमा छौं। अहिले ट्रेनिङ लागि पाँचवटा कोर्षवाला बुक नै बनाएका छौं । यसमा चारवटाको तालिम नै दिइसक्यौ । एउटाको सुरु गर्दैछौं । यो बाग्मती प्रोस्कुनको आधिकारिक धारण हो । यसबाट सरकारको स्वीकृती ल्याउने कुराका लागि पनि प्रक्रिया अगाडी बढाएका छौं । कोशिस कार्यक्रम अन्र्तगत २० वटा संस्थालाई आवद्ध गराइसकेका छौं । यस अन्र्तगत अरु कार्यक्रम भन्दा फरक के दिन सकिन्छ भनेर विजनेशको हिसावले अगाडी बढाएर थोरै भोल्युममा लिएर सानो संस्था भएपनि टिक्न पाउने हिसाबले इन्ट्री पाउने छ । १५ हजारमा इन्ट्री गराउछौं । एक चोटीमात्र लाग्ने त्यसको खर्च त्यसपछि प्रत्येक भिजिटको ५ हजार लिन्छौं । यसमा पनि राम्रै आकर्षण देखिएको छ ।
अर्को एउटै संघबाट सय प्रतिशत सबैखाले सर्भिस दिनुपर्छ भनेर सबै डाटादेखिका विषयबस्तु त्यसैमा समेटेका छौं । यसको बारेमा असारसम्म सायद किताव पनि निकल्न सकिन्छ होला । यसबाहेक साझेदारीका क्रियाकलापहरु, जिल्ला बचत संघहरुलाई पनिसंगै लैजानेगरी फरक ढंगबाट लैजाने तयारी गरेका छौं । अरु संघहरुले साझेदारी मोडलमा व्यवसायीकताका कुराहरु जोडेका छन् । हामीले व्यवसायिकता जोडेका छैनौं । साझेदारीमा १३ वटा जिल्ला बचत संघलाई संगै राख्ने, तालिमको पाटोमा विकास प्रोस्कुनले गर्छ तर त्यही स्रोत उनीहरुलाई हस्तान्तरण गर्छ । र पढाउने कोर्ष त्यहि रहन्छ । त्यसैले यसलाई निरन्तरता दिन यस बर्ष छ वटा जिल्ला बचत संघसंग समन्वय गर्ने योजना छ । केहि जिल्ला बचत संघले अनुगमन पनि गरौं भनिरहनुभएको छ । सुधार पनि भएको छ । हामीले अनुगमन गनुपुर्व पोलिसीदेखि फर्म्याट बनाएर हेरेका पनि छौं । प्रोस्कुनले अरु संघभन्दा फरक तरिकाले अनुगमनको काम गरेको छ ।
बाग्मती प्रदेशभित्र तपाइँले देख्नुभएको समस्या के रहेछ ? समाधान यसरी गर्न सकिने रहेछ भन्ने बाटो पनि बन्दै गएको छ ?
अहिलेको समस्या जताततै छ । मुख्य समस्या भनेको सदस्य केन्द्रित नभएर काम नगर्नु र सहकारीको मुल्य मान्यताभन्दा बाहिर गएर काम गर्नु हो । साथै, सहकारीलाई नीजि व्यवसायको रुपमा संचालन गरेको सोच्नु हो । जबसम्म मेरो भन्ने रह्यो तबसम्म सहकारीको शुद्धिकरण हुँदैन् । यसका लागि सहकारीमा स्वनियमनका कुरा उठायौं । यसको मतलब धेरैको बुझाइ के रह्यो भने हेर्नु कसैले हुँदैन् । हामीले जे गरेपनि सहि छ भन्ने ठाउँमा पुग्यौं । स्वनियमन भनेको ऐन कानुन नीति निर्देशिका लगाएत सरकारी निकायबाट के जारी गरेको छ त्यसको पुर्ण रुपमा पालना गरेर निर्णय गर्दा कानुनलाई मध्यनजर गरेर स्वतन्त्र ढंगले गर्न पाइन्छ भनेको हो । कानुनले सदस्यबाट ऋण लिउ र सदस्यमै लगानी गर भनेको हो ।
सदस्य भनेको म मात्रैमा केन्द्रित भयो । यसमा आफु सुधारिनु भन्दा पनि बाटो देखाउनेतिर नकारात्मक देखिने प्रवृती छ। त्यसैले प्रत्येक सहकारी अभियन्ताले कानुनको झिनो कुरादेखि सबै पालना गर्नुपर्छ । आफुलाई स्वनियमनभित्र ल्याउनुपर्छ । जसले विश्वास कमाउन सकिन्छ । आगामी दिनमा वास्तविक स्वनियमनको अर्थ बुझाउनुपर्छ र जागरण ल्याउनुपर्छ । सहकारी अभियानको शुद्धिकरण गर्ने समय आएको छ । यसबाट प्रत्येक विपत्तिबाट सकारात्मक बाटाहरुपनि देखिन्छन् । निराश भइहाल्नुपर्ने अवस्था छैन । ७२ सालको भुकम्पमा सबैका घर ढलेका थिए । ७४ सालमा आउँदा सबैका घर बने फेरी हामी सक्षम भयौं । त्यसैले प्रत्येक विनास पछि विकास हुने नै हो ।
Comment