सप्तकोशी डेभलपमेन्ट बैंकले पनि गरायो सेयधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सप्तकोशी डेभलपमेन्ट बैंकले पनि गरायो सेयधनीको हातखाली



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले पनि लाभांश नदिने भएको छ । बैंकले लाभांश प्रस्ताव नगरी पुस २९ गते कञ्चनजंघा पार्टी प्यालेस, पञ्चाली रोड, विराटनगर, मोरङमा बार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनका लागि बैंकले १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभामा आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

प्रकाशित : ८ पुष २०८०, आईतवार ११:२७