एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

यसका साथै, सभाको निर्वाचनबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

उनले कम्पनीका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १७:२२