लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभा जारी, नयाँ नेतृत्वमा कस्ले मार्ला बाजी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभा जारी, नयाँ नेतृत्वमा कस्ले मार्ला बाजी ?



काठमाडौं । लघुवित्त वित्तीय संस्थाका सीइओहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको १७ औं साधारणसभा जारी छ । साधारणसभाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका छन्।

काठमाडौं नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा शुरु भएको १७ औं साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।नयाँ नेतृत्वका लागि वसन्त लम्साल र रामबहमदुर यादव आकांक्षी छन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका लम्साल संघका पूर्व अध्यक्ष हुन् भने नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका यादव अहिलेका कामु अध्यक्ष हुन्।

सहमतिबाटै नै नेतृत्वको प्रयास गरिने उपस्थित अधिकांश सीइओहरुले बताएका छन्। संघको साधारणसभामा आ।व। २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रसहित, कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, रेवती नेपाल, गुरु पौडेल लगायत उपस्थित छन् ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १५:०८