मुक्तिनाथ विकास बैंककाे लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंककाे लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार ११:०७