नेपाल बैंकले यस पटक सेयरधनीहरुलाई लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकले यस पटक सेयरधनीहरुलाई लाभांश नदिने



काठमाडौं। नेपाल बैंकले यस पटक सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैंठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १२:१७