बैंकहरूले बढाएर सेयर धितो कर्जा, पहिलाेमा नबिल दाेस्राेमा ग्लोबल आइएमई बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकहरूले बढाएर सेयर धितो कर्जा, पहिलाेमा नबिल दाेस्राेमा ग्लोबल आइएमई बैंक



काठमाडौं । वाणिज्य बैंकहरूले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरूले पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन्।

साउनमा जारी मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएको हो । यसकारण साउनदेखि नै सेयर धितो कर्जा वृद्धि हुन थालेको हो । यता, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ५० लाखमाथिको सेयर धितो कर्जामा पनि केही सहज नीति लिइएको छ ।

समीक्षामार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशतमा झारिएको छ । यस्तै, सेयर धितो कर्जाको सीमा पनि १२ करोडबाट बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड पुर्याइएको छ। यसले सेयर कर्जा आगामी दिनमा थप वृद्धि हुने अपेक्षा लगानीकर्ताको रहेको छ ।

चालू आर्थिक वर्षको चार महिना अर्थात् कात्तिकसम्म वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन।

कात्तिकसम्म सबैभन्दा धेरै सेयर धितो दिनेमा नबिल बैंक रहेको छ। नबिल बैंकले बैंकले १० अर्ब ९४ करोड ६३ लाख ६० हजार रुपैयाँ कर्जा दिएको छ। नेपाल एसबीआई बैंकले सबैभन्दा कम सेयर धितो कर्जा दिएको छ।

धेरै सेयर धितो कर्जा दिनेको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६ अर्ब २९ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ ।

यस्तै एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख, प्राइम बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

कात्तिक मसान्तसम्म सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

यस्तै हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ कर्जा दिएका छन्।

राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले १ अर्ब ३६ करोड सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख, एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख, माछापुच्छ्रे बैंकले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् भने नेपाल एसबिआई बैंकले २ करोड ३९ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

प्रकाशित : ५ पुष २०८०, बिहीबार ११:५१