सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य



काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १६:१७