ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन



काठमाडौं। ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। बैंकको १७औं वार्षिक साधारण सभाले ६ जना सञ्‍चालक चयन गरेपछि सञ्चालक समितिले ढकाललाई अध्ययन चयन गरेको हो। 

सभाले संस्थापक सेयरधनी समूहबाट ३ र सर्वसाधारणबाट ३ जना चयन गरेको थियो।

संस्थापक सेयरधनीबाट ढकालका साथै रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सबै सञ्‍चालक निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १७:२०