एयरलाइन्स र अध्यागमनका कर्मचारी नै मानव तस्करमा संलग्न ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एयरलाइन्स र अध्यागमनका कर्मचारी नै मानव तस्करमा संलग्न !



काठमाडाैं । प्रहरीले अध्यागमन विभाग र नेपाल वायु सेवा निगमका कर्मचारीलाई पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, वायुसेवा निगमका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादव रहेका छन् ।

बुधवार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

उनकाअनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । उनले ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

८ जना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान प्रारम्भ भएको जानकारी दिए ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १७:१८