अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन,जनस्तरमा परिणाम देखिन समय लाग्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन,जनस्तरमा परिणाम देखिन समय लाग्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका बताएका छन् । पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताएका छन्।

अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको र यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको बताए । यस अवधिमा भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको पनि उनले बताए ।

मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको बताए । हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको भन्दै २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको बताए ।

‘२०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको उनले जानकारी दिए। निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु २४४ अर्ब पुगेको छ, उनले भने’ ।

२०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्ब रुपैयाँले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ। विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको बताए ।

२०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको भन्दै चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको बताए ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १२:३१