सिन्धु विकास बैंकको डेपुटी सीईओमा गणेश केसी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको डेपुटी सीईओमा गणेश केसी नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसेमा मुख्यालय रहेको सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गणेश केसी नियुक्त भएका छन् ।

पुस १ गतेदेखि लागू हुने गरी नियुक्त भएका केसीलाई बैंकको सञ्चालक समितिले मंगलबार नै स्वागत गरिसकेको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहितको टोलीले स्वागत गरेको हो ।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका केसीले कुमारी बैंकमा काम गरेका थिए । उनी यसअघि धनगढीमा मुख्यलाय रहेको तत्कालिन मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् । केसी चार्टर्ड एकाउण्टेन्ट हुन् ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार १९:४२ 12 December, 2023 7:42 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।