साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभंश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभंश दिने



काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २४ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : २४ मंसिर २०८०, आईतवार ११:०३