मौद्रिक नीतिको सुझावका लागि विज्ञहरु सम्मिलित सल्लाहकार समिति बनाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिको सुझावका लागि विज्ञहरु सम्मिलित सल्लाहकार समिति बनाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सम्बन्धमा सुझावका लागि विज्ञहरुको समिति गठन गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षमा ‘मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने’ व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले नियामकीय व्यवस्थामा पनि लचकता अपनाएको छ । साथै राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १२:३३