साताकाे अन्तिम दिन दाेहाेराे अंकले बढ्याे बजार, काराेबार रकममा पनि वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साताकाे अन्तिम दिन दाेहाेराे अंकले बढ्याे बजार, काराेबार रकममा पनि वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा सुधार देखिएको छ । आज बजार ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो।

आज कारोबार भएका २९९ कम्पनीको ९५ लाख ५ हजार कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आज टेड्रिङ समूहको उपसूचक १३.६५ अंकले घटेको छ भने बाकी सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमा बैंकिङ समूहको ६.९४, विकास बैंक २०.२७, वित्त ११.२४, निर्जीबन बीमा २०९.२४, जीवन बीमा समूहको उपसूचक ८.८४, जलविद्युत २०.०९, उत्पादन तथा प्रशोधन ३१.८१ र माइक्रोफाइनान्स २.७६ अंकले बढेको छ ।

आजैबाट सेयर कारोबार खुलेको त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको र सिवाइसी लघुवित्तको सेयर पनि सर्किट लेबलमै कारोबार भएको छ । अघिल्लो दिन सर्किट लागेर बढेको ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज पुनर्बीमा कम्पनीको संस्थापक सेयर मात्रै ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँका खरिदबिक्री भएको छ। यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्स र सोनापुर मिनिरल्को पनि ९ करोड बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १५:५४