सांग्रिला डेभलपमेन्ट बैंककाे ५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंककाे ५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीका नाममा रहेको ५ हजार ३० कित्ता सेयर बिक्री गर्ने भएको हो।

यसमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीले मंसिर २० गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार १२:०३