नेपाल वेयरहाउजिङ कम्पनीकाे आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल वेयरहाउजिङ कम्पनीकाे आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटको कार्यलयमा बिहान आइपीओ बाँडफाँट भएको हो ।

यसमा गोलाप्रथामार्फत एक लाख १४ हजार १२५ जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको थियो ।

योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार ११:३४