मुक्तिनाथ कृषि कम्पनीकाे आइपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ कृषि कम्पनीकाे आइपीओ बाँडफाँट



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । आइपीओ मंगलबार बिहान एनआइएमबी एस क्यापिटको कार्यलय लाजिम्पाटमा बाँडफाँट भएको हो ।

आइपीओका लागि १२ लाख ७८ हजार ८६७ जनाले आवेदन दिएकामा चार हजार ३०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । योग्य १२ लाख ७४ हजार ५६७ आवेदकहरुलाई गोलाप्रथामा समावेश गरिएको थियो ।

यसमा गोलाप्रथामार्फत एक लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मुक्तिनाथ कृषि कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ

प्रकाशित : १९ मंसिर २०८०, मंगलवार १३:००