नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार



काठमाडौं । नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन एक अर्बभन्दा कमको कारोबार भएको बजारमा आज २९२ कम्पनीको एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा बैंकिङ समूहको ७.१६, होटल ९.३४, जलविद्युत २.३६, उत्पादन तथा प्रशोधन १७, माइक्रोफाइनान्स १.२८, अन्य समूहको उपसूचक ८.८२ अंकले घटेको छ । कारोबारमा विकास बैंक १.०१, वित्त ८।९६, जीवन बीमा ९८.८५, निर्जीबन बीमा ३४.३२ अंकले बढेको छ ।

कारोबारमा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ४६ लाख ३१ हजार ७२३ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : 4 December, 2023 3:42 pm