सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै, ताेलाकाे कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै, ताेलाकाे कति पुग्याे ?



काठमाडौं । सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एक लाख २० हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मुल्यले सोमबार त्यो रेकर्डलाई तोडेको छ।

सोमबार छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यता तेजाबी सुनको मुल्य पनि प्रतितोला एक लाख २१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

सोमबार चाँदीको मुल्य भने स्थिर छ। आज चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

प्रकाशित : 4 December, 2023 12:06 pm