एक वर्षे मुद्दती निक्षेपमा दुई अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक वर्षे मुद्दती निक्षेपमा दुई अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको दुई अर्ब ८६ करोड ५३ लाख रुपैयाँ रकम २०८० पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्म ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले दुई अर्ब २९ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १४ करोड ३३ लाख रुपैयाँ रकम मुद्दतीमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यही मंसिर १२ गते राती १२ बजे भित्र इमेल पेश गर्न अनुरोध गरेको छ । साथै प्रस्ताव फाइलको पासवर्ड मंसिर १३ गते राती १२ बजेभित्र पेश गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार १६:३८