एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा, शाखा सञ्जाल पुग्यो १२८ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा, शाखा सञ्जाल पुग्यो १२८



काठमाडौं। एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका-६, टोखामा सञ्चालनमा ल्याएको छ । शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।

शाखा उद्घाटनपछि बोल्दै कम्पनीका अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री भएकोले टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै आधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताए ।

यसैगरी, टोखा नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको शाखा स्थापनाले सर्वसाधरणको वित्तीय पहुँचमा अझ सहज तथा सुलभ हुने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका( ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, कम्पनीका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो ।

योसँगै बाग्मती प्रदेशमा कम्पनीको शाखा संख्या ४६ पुगेको छ भने काठमाण्डौ उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

कम्पनीले १२८ वटा शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै बताएको छ ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १७:०५