माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीद्वारा शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीद्वारा शपथ ग्रहण



काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मिति २०८०/८/७ गते बिहीवार बसेको ४९१औं संचालक समितिको बैंठकले रोशन केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १५:१२