उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट,कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट,कतिले पाए सेयर ?



काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलय नक्सालमा मंसिर ८ गते शुक्रबार सेयर बाँडफाँट भएको हो ।

यसमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र अर्को १ जनाले १०.१८ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

यस एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकामा ३२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । योग्य १० लाख ७२ हजार ४४३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, उन्नति सहकार्यको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १०:४४